अब पोखराबाट दुबई सिधा उडान हुने


पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित सिधा हवाई सेवा सञ्चालन हुने भएको छ। फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि दैनिक उडान गर्ने अनुमति प्राप्त गरेको छ।

अब दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि अनुमति प्राप्त गरेसँगै उडानका लागि टिकट बुकिङ खुला भइसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

इच्छुक यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्नेछन्। पोखराबाट दुबईको नियमित हवाई सेवा सञ्चालनसँगै पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

Skip This

Omoda E5 Pro