सरकारप्रति रास्वपाकै सांसदको असन्तुष्टि, ‘शून्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्न प्रस्ताव


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले संसदमा सांसद बोल्ने तर सरकार नसुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् ।

बिहीबार संसद्को शून्य समयमा बोल्दै उनले उनले सांसदहरूले शून्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलागेकोप्रति असन्तुष्टि जनाउँदै , ‘शून्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गरे ।

‘यदि यो शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौँ। तर यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरि बिलाएर जाने हुन् भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौँ । ब्ल्याक होलमा प्रकाश समेत हराएझैँ, संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जबाफदेहिता र सरकारको जिम्मेवारी हराउनु हुँदैन’, आचार्यले भने ।

शून्य समय केवल बोल्ने औपचारिकता नभई जनताको पीडा संसद्मा प्रवेश गर्ने संवैधानिक माध्यम भएकोले यसलाई अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन र तोकिएको समयभित्र कार्यान्वयनको प्रगति विवरण सम्बन्धित सांसदलाई उपलब्ध गराउन माग गरे ।

Skip This

Omoda E5 Pro