रास्वपा कोशी प्रदेश :सभापतिमा राई निर्वाचित हुँदा तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। उनीसँगै सरिन तामाङ, चन्द्र कुमार गौली र खगेन्द्र कटुवाल प्रतिस्पर्धामा रहेका थिए ।

७०२ मत खसेका मा राईले २८०, तामाङले १४१, गौलीले २७ र कटुवालले ४१ मत पाएका छन्। यसैबिच चुनावमा पराजयसँगै सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छिन्।

प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक बिट मारेको घोषणा गरेकी हुन्। ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’उनले फेसबुकमा लेखेकी छिन् ।

Skip This

Omoda E5 Pro