काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विगतका सबै घटना छानबिनका लागि प्रतिपक्ष तयार रहेको बताएका छन् ।
आजको जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बिहीबार अर्थमन्त्रीले करका दर हेरफेरबारे दिएको चुनौतीको जवाफ दिएका हुन् । ‘विगतका सबै घटनालाई दूधको दूध पानीको पानी गरेर छुट्टयाउनको लागि प्रतिपक्ष हाजिर छ । त्यसले सत्यलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउँन चाहन्छौँ,” उनले भने ।
उनले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
हिजो प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै खोल्ने चेतावनी दिएका थिए।



प्रतिक्रिया