काठमाडौँ । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई अध्यक्षमा मनोनयन गरेको हो ।
बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको समय थप गर्ने भएको छ। योसँगै उक्त कार्यदलको म्याद आगामी असार मसान्तसम्म लम्बिएको छ।



प्रतिक्रिया