काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटना


काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटना दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार अस्पताल पठाइएको उनले बताए ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अहिले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Skip This

Omoda E5 Pro