काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सुरक्षाकर्मी (एसएसबी) हरू छिरेपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच विवाद उत्पन्न भएको थियो ।
सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए । सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएको एक स्थानीयवासीले बताए । यसैबीच यस विषयमा शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले आवश्यक कदम चाल्ने बताएका छन् ।
‘सुस्तामा बस्नु भएको नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ । यससम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने छ ,’ उनले भने ।



प्रतिक्रिया