काठमाडौं । विद्युतीय चार्जिङ तथा अडियो प्रविधिमा अग्रणी ब्रान्ड एङ्कर र साउन्डकोरले सञ्चालन गरेको ‘एङ्कर पावर हंगामा २०२६’ अभियानका विजेताहरू सार्वजनिक गरेको छ । काठमाडौंको हात्तीसारस्थित अरण्य बुटिक होटलमा आयोजित विशेष समारोहबीच विजेताहरूको नाम सार्वजनिक गरिएको हो।

अभियानअन्तर्गत एक भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ‘डोङफेङ नाम्मी बक्स’ विद्युतीय कार प्राप्त गर्न सफल भएका छन्। कार्यक्रममा देशभरका आधिकारिक विक्रेता, वितरक, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कम्पनीका अनुसार ग्राहकहरूलाई सम्मान गर्दै उनीहरूको विश्वासको कदर गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान निकै सफल भएको छ। यसले ग्राहक र ब्रान्डबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आधिकारिक विक्रेताहरूको व्यवसाय प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको कम्पनीको दाबी छ।
इन्टरनेसनल प्रालिका निर्देशक अनमित्रका अनुसार नेपालभरका ग्राहकलाई सम्मान र पुरस्कृत गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । उनले अभियानलाई सफल बनाउन सहयोग पुर्याउने ग्राहक, खुद्रा विक्रेता, वितरक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार समेत व्यक्त गरे ।
अभियान दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरण २०८२ मंसिरदेखि माघसम्म तथा दोस्रो चरण २०८२ फागुनदेखि २०८३ वैशाखसम्म सञ्चालन भएको थियो। अभियानअन्तर्गत सहभागी पसलहरू तथा अनलाइन खरिदमार्फत ३ हजार रुपैयाँभन्दा बढी मूल्यका एङ्कर र साउन्डकोरका सामग्री खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा सहभागी भएका थिए।
बम्पर पुरस्कारका रूपमा डोङफेङ नाम्मी बक्स विद्युतीय कार प्रदान गरिएको छ। यसबाहेक दुई वटा रोयल एनफिल्ड हन्टर ३५० मोटरसाइकल, तीन वटा सुनका सिक्का, दुई जोडीलाई थाइल्यान्ड भ्रमण तथा दुई वटा वासिङ मेसिन पनि पुरस्कारस्वरूप प्रदान गरिएको कम्पनीले जनाएको छ।
आवश्यक प्रमाणीकरण प्रक्रिया पूरा भएपछि विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।
एङ्कर विश्वका अग्रणी मोबाइल चार्जिङ उपकरण ब्रान्डमध्ये एक हो भने साउन्डकोर उच्चस्तरीय इयरबड्स, हेडफोन र स्पिकर उत्पादनका लागि परिचित छ।



प्रतिक्रिया