रास्वपा बागमती प्रदेश अधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतादान शनिबार दिउँसो १ बजेपछि सुरु भएको हो ।

मतदानमा झण्डै १३ सय प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ । समायोजनबाट विवादित चार सय प्रतिनिधिमध्ये २१० जनाले मत दिन पाउने भएका छन् । रास्वपाले प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने विद्युतीय मतदानका लागि १५ वटा बुथमा बनाएको छ । पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यको निर्वाचन गरेर दोश्रो चरणमा पदाधिकारीको निर्वाचन हुने बताइएको छ ।

बागमती प्रदेश सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीले उम्मेदवारी दिएका छन् । रास्वपा बागमतीका नेताहरूको अनुसार चारमध्ये डा. लामिछाने र अर्याल बीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता छन् ।

Skip This

Omoda E5 Pro