काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको छ । नौबिसे–मलेखु र मलेखु–मग्लिन सडकखण्डमा करिब चार सय मजदुरहरु खटिएर काम गरिरहेका छन् ।
मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्त्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मूल्य समायोजन गर्ने आश्वासन दिएपछि र स्थानीय पालिकाहरुबाट निर्माण सामग्री प्रबन्ध मिलाउन सहजीकरण गरेपछि निर्माण व्यवसायीले काममा गति दिएका हुन् ।
अहिले धेरै उकालो रहेको तथा सवारीका लागि अप्ठ्यारो रहेको ठाउँ र बजार क्षेत्रमा पहिला पिच गरेर सहज ठाउँमा क्रमागत रुपमा काम गर्ने निर्माण व्यवसायीको तयारी छ ।



प्रतिक्रिया