दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।

‘राप्रपा पार्टी भनेको राजा र धर्म साट्ने, भोट लिने सांसद बन्ने, भत्ता सत्ता खाने गाडी चढ्ने मात्र हो । विकास र जनतासँग के मतलब, तर हामीलाई त्यसो गर्नु छैन,’प्रसाईंले भने ।