काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशनको सुरुमै प्रतिनिधि छनौटमा विवाद भएको छ। ५३० जना प्रतिनिधि भनिएकोमा करिब ३ सय नक्कली प्रतिनिधि खडा गरिएको भन्दै विवाद उत्पन्न भएको हो ।
सभापतिका आकाङ्क्षी एनके बस्नेत र स्नेहा उपाध्यायले त्यसमा विरोध जनाएका छन्। अहिले प्रतिनिधि छनोटको विवादका विषयमा निर्वाचन समितिले छानबिन गरिरहेको छ ।
छानबिन नभएसम्म निर्वाचन हुन नदिने नेता कार्यकर्ताहरूले जनाएका छन् ।
वीरेन्द्रनगरमा रास्वपा महामन्त्री भूपदेव शाहले आज बिहान अधिवेशनको उद्घाटन गरेका थिए ।
वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत (एनके) सभापतिको आकांक्षी रहेका छन् ।



प्रतिक्रिया