काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
लुम्बिनीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै आचार्यले भने ‘यहाँ त चार वर्षमा मन्त्री पाएन भने पार्टी नै छोडिदिन्छु भन्ने साथीहरुको विगविगि छ । अथवा, चार वर्षमा सभापति बन्न पाइन भने सभापति त कामै लाग्दैन । अर्को पार्टी तिर जानु पर्छ कि भन्ने लाग्छ । यो सहि हो र ?’
चुनावमा टिकट नदिए पनि पार्टीलाई माया गरेर क्रियाशील भइरहनु पर्नेमा पदीय भूमिका खोज्ने क्रम बढेको उनको भनाइ छ । पुराना दलबाट धैर्यता सिक्न पार्टीका कार्यकर्तालाई आचार्यले सुझाव समेत दिए ।



प्रतिक्रिया