कांग्रेसलाई कुनै पनि हालतमा फुट्न दिन्न :शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने बताएका छन् ।

विराटनगरमा आइतबार आयोजित पार्टीको संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले एकढिक्का बनाएर अगाडि बढाउने बताएका हुन् ।

‘नेपाली कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो । तर अहिले अद्यावधिक गर्न नमानेको बहानामा देशैभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको छ । यो निरंकुशताको सुरुवात हो, जुन कांग्रेसको आदर्शविपरीत छ,’ उनले भने ।