अनुदानको १३ बोरा युरिया मल कालोबजारी गर्दै गरेको अवस्थामा बरामद


सिरहा । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल सिरहामा अनधिकृत रूपमा बिक्री गरेको पाइएको छ । अनधिकृत रूपमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिरहाको धनगढीमाइ नगरपालिका १० स्थित प्रधान किराना पसलबाट १३ बोरा युरिया मल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले विशेष सुचनाको धनगढीमाई नगरपालिका–१० स्थित भरत प्रधानको किराना पसलबाट ३३ केजी दरका १३ बोरा युरिया मल बरामद गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी रिजन यादव तथा कृषि सामग्री कार्यालय लहानका प्रतिनिधि सम्मिलित टोलीले मल नियन्त्रणमा लिएर यसको स्रोत र बिक्री प्रक्रियाबारे अनुसन्धान थालेको जनाएको छ ।