सरकारलाई एमालेको चुनौती- टी स्टेट,ओम्नी, वाइडबडीको फाइल खोलियोस्


काठमाडौं । नेकपा एमालेले गिरीबन्धु टीस्टेट प्रकरणबाट फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले संसदीय दल उपनेता पद्मा अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले विपक्षीको फाइल खोल्ने चेतावनी दिएकोप्रति आपत्ति जनाइन् ।

‘उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको छ ? टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् । त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडीको फाइल खोलियोस् । साँच्चै कुरा के हो बाहिर ल्याइयोस् ।’

‘सरकारकै जिम्मेवार व्यक्तिहरू, सरकारकै जिम्मेवारी लिएका मन्त्रीहरूले आरोपित गर्ने, धम्काउने अनि स्वरलाई कमजोर बनाउनको निम्ति विभिन्न खालका काण्डहरूका फाइल देखाउँछु भनेर धम्काइरहेको भन्दै उनले खेदजनक रहेको टिप्पणी गरिन् ।