काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विद्यार्थीको मोबाइल खोसेर पानीमा डुबाएर नष्ट गरिएको घट्नामा गृहमन्त्रीको ध्यानाकर्षण नराएक छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यस्तो ‘रचनात्मक आदेश’ दिने व्यक्तिलाई सजाय दिन माग गरे । ‘विद्यार्थीको मोबाइल खोसियो । पानीमा डुबाएर मोबाइलको हत्या गरिएको हो कि के हो ? त्यो रचनात्मक निर्णय गर्ने व्यक्तिलाई सजाय दिनुपर्छ भनेर गृहमन्त्रीलाई भन्न चाहन्छु,’ उनले भने ।
सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका करिब ५०० थान मोबाइल फोन तथा स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको थियाे ।
साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्याललाई प्रशन समेत सोधे।



प्रतिक्रिया