नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्छ : आशिका तामाङ


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद आशिका तामाङले नेपाल भारत सीमामा कडाइ गर्न माग गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउनुपर्ने बताइन् ।

‘सरकारले सीमा सम्बन्धित सबै विषयको साँचो तथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी अघि बढाओस् भन्ने मेरो आग्रह छ । आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल लगाउनु परे पर्खाल, नत्र भने काँडेतार लगाइयोस्,’ उनले भनीन् ।

उनले सुस्तादेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय संवेदनशील भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।