रास्वपा कर्णाली प्रदेशको नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

आइतबारदेखि वीरेन्द्रनगरको शुभ होटलमा सुरु भएको अधिवेशनमा प्रतिनिधि छनोटको विवादका कारण आइतबार अन्य काम भएनको थिएन ।

निर्वाचन कमिटीले मापदण्ड विपरीत ल्याइएका प्रतिनिधिबारे छलफल गरेको थियो । अहिले सहमति पश्चात् निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले तयार गरेको कार्यतालिका अनुसार, सोमबार नै निर्वाचन सम्पन्न गर्ने भनिएको छ । ११ बजे नै उम्मेदवारी दर्ताको समय भएपनि हालसम्म उम्मेदवारी दर्ताको अन्तिम नामावली सार्वजनिक भएको छैन ।

सभापतिका लागि चार जनाको आकाङ्क्षा रहेको बताइएको छ ।