काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रवीण रमण पराजुली पुन: नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई सीइओको अर्को कार्यकालका लागि पुन: नियुक्ति गर्ने निर्णय गरेको हो ।
वित्तीय क्षेत्रमा दुई दशक बढीको अनुभव भएका पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सीइओ थिए।



प्रतिक्रिया