नेपाल–भारत सीमा : द्विपक्षीय सीमा सुरक्षा बैठकका लागि भारतको टोली नेपाल प्रवेश


काठमाडौं । द्विपक्षीय सीमा सुरक्षा बैठकका लागि भारतको उत्तराखण्ड र उत्तर प्रदेशका सीमा सुरक्षा अधिकारीहरूको टोली नेपाल प्रवेश गरेको छ ।

नेपालको कञ्चनपुर जिल्लाको भीमदत्तनगरमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय सीमा सुरक्षा बैठकमा दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहनेछ ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न समस्या, सीमा विवाद, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन, लागुऔषध ओसारपसार तथा सीमापार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।