काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डको अवलोकन गरेका छन् ।
आइतबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’ सम्मको अभिव्यक्ति दिएपछि अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
‘यो बिजुलीको पोलको कन्ट्र्याक्ट पेपर र कन्ट्र्याक्टर कहाँ छ, खोजेर ल्याउनुस्। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन। यहाँको पब्लिकले धेरै दुख पाए,’ लम्सालले भनेका छन् ।
सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएका थिए । त्यसपछि मन्त्री लम्सालले पनि ‘‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएका हुन् ।
मध्यपूर्व द्वन्द्वपछि निर्माण सामग्री अभावका कारण प्रभावित बनेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाको कामले पछिल्लो समय पुनः गति लिएको छ। अहिले उक्त सडकखण्डमा कालोपत्रको काम अगाडि बढेको छ।



प्रतिक्रिया