काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएको विषयमा आपत्ति जनाएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी राजनीतिक सेटिङका आधारमा पुनः गृहमन्त्री नियुक्त गरिएको भन्दै आपत्ति जनाए ।
सचेतक परियारले सम्बन्धित प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे ।
उनले भने, तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक पनि नगरी, सदन र जनतालाई जानकारी नगराई शंकास्पद राजनीतिक सेटिङका आधारमा पुनः गृहमन्त्रीमा बहाली गरिएको छ । यो अत्यन्तै भर्त्सनायोग्य काम भएको हामीले महसुस गरेका छौँ । तसर्थ उक्त प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न जोडदार माग गर्दछु ।’



प्रतिक्रिया