जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ३ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै कृषिमा किसानलाई डिजिटल कार्ड, अनुदान सिधै खातामा, चकला बन्दी खेती गरि विदेशबाट फर्केकालाई स्वरोजगारमा लगाउने, उत्पादन मधेश आत्मनिर्भर देश बनाउने नीति लिएको जानकारी दिए ।
त्यस्तै मधेशको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम परिमार्जन गरी मुख्यमन्त्री महिला स्वरोजगार कार्यमा परिवर्तन गरिएको छ । ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी समृद्ध मधेश’ नारा कायम गरिएको छ ।
त्यस्तै हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा बैकल्पिक पुलको लागि मधेश सरकारले बजेट विनियोजन गरेको छ ।



प्रतिक्रिया