स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान (सूचनासहित)


काठमाडौं, असार २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् र महत्त्वपूर्ण निकायहरूमा रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न स्वास्थ्य परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त पदहरूका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।

मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव तथा नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन माग गरिएको छ। सोही प्रकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा पनि अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।

त्यस्तै, स्वास्थ्य क्षेत्रका दुई प्रमुख संस्था शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष तथा कार्यकारी निर्देशक पदका लागि पनि मन्त्रालयले इच्छुक उम्मेदवारहरूसँग दरखास्त आह्वान गरेको छ।