सांसद वासना थापा: बैठकमा पूर्वाधार विकास मन्त्री लम्साललाई उपस्थिति गराउन माग


काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अनिवार्य उपस्थितिको माग गरेकी छन्। पूर्वाधार विकास समितिको बैठकमा सांसद थापाले आफूले उठाउन लागेका विषयवस्तु मन्त्रीलाई नै सुनाउनुपर्ने भएकाले तत्काल उपस्थित गराउन आग्रह गरेकी हुन् ।

‘हाम्रो कुरा राख्ने बेलामा मन्त्रीज्यू आइदिए राम्रो हुन्थ्यो। उहाँहरूका (अन्य सदस्यसरोकारवाला) कुरा त सुनियो, अब हाम्रो कुरा पनि मन्त्रीज्यूलाई नै राख्न पाउनुपर्थ्यो,’ उनले भनीन् ।

संसदको बैठक पनि छिट्टै सुरु हुन लागेको र आफू अर्को बैठकमा समेत जानुपर्ने भएकाले समय अभाव रहेको जनाउँदै उनले मन्त्रीको उपस्थिति बिना आफूले नबोल्ने अडान राखेकी थिइन्।

‘आजको मेरो विषय नै मन्त्रीज्यूलाई सुनाउने अत्यन्तै महत्त्वपूर्ण विषय हो। १५२० मिनेटको कुरा हो, मैले बोल्नुभन्दा अगाडि उहाँलाई ल्याइदिनुपर्‍यो,’ सांसद थापाले सभापतिसँग माग गर्दै भनिन् ।

सांसद थापाले मन्त्री नआएसम्म नबोल्ने अडान लिएपछि समिति सभापतिले मन्त्री लम्साललाई फोन गरेर बोलाउने र त्यतिन्जेलसम्म अन्य छलफल अगाडि बढाउँदै गर्ने जवाफ दिए।