काठमाडौँ । औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द गरेको छ । विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको प्रमाणपत्र स्वतः खारेज भएको जनाएको हो ।
तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची ९) स्वतः रद्द भएको जानकारी दिएको छ । औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था र सोही ऐनको दफा ११ को उपदफा ९५० बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था लागू गरिएको हो ।
विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको सूचीसमेत यसै सूचनाका साथ संलग्न गरी सार्वजनिक गरेको छ ।




प्रतिक्रिया