विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाबिच २० मिनेट छलफल


विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका नेता कृष्णप्रसाद सिटौलाबिच गृहजिल्ला झापामा भेटवार्ता भएको छ ।

उपसभापति शर्माका दिवंगत काका तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा श्याम भण्डारीप्रति समवेदना व्यक्त गर्न सिटौला धुलाबारीस्थित भण्डारी निवास पुगेका थिए । सोही क्रममा दुई नेताबीच छुट्टै करिब २० मिनेट छलफल भएको हो ।

निवासमै शर्मा र सिटौलाबीच करिब २० मिनेट कुराकानी भएको थियो। भेटमा पार्टीका समसामयिक विषयमा छलफल भएको बताइएको छ ।