काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रको हित विपरीत रहेको बताउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेकी छन् ।
मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लामाले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट दिएको पछिल्लो अभिव्यक्तिले देशको हित नगर्ने दाबी गरिन् ।
‘‘प्रधानमन्त्रीज्यूले सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको अभिव्यक्ति देशको अहित र विरुद्धमा छ । सो अभिव्यक्तिलाई सदनमा आएर सच्याउन म आग्रह गर्दछु । साथै, उक्त भनाइलाई सदनको अभिलेख ९रेकर्ड० बाट तत्काल हटाइयोस् भन्ने जोडदार माग गर्दछु ,’ उनले भनीन् ।



प्रतिक्रिया