काठमाडौं । दिनमा केही न केही नयाँ घट्ना हुनु सामान्य हो । जानेर वा अन्जानमा गल्तीहरु धेरै हुन्छन् । तर, आजभोली निर्वाचित सांसदहरुबाटै हुने गल्तीहरु धेरै सार्वजनिक हुने गरेको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टी भट्टराईको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सार्वजनिक भिडिओमा उनी गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी शरीर बाहिर निकालेर यात्रा गरिरहेको देखिन्छ । उक्त भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।
भिडिओमा भट्टराई कारको अगाडिको सिटमा बसेर शरीर बाहिर निकाल्दै रमाइलो मुडमा देखिन्छिन् । ब्याकग्राउन्डमा संगीत राखिएको उक्त भिडिओमा उनले बबल फुलाउँदै यात्रा गरेको पनि देखिन्छ ।
यसअघि, ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई कारबाही गरेको थियो। यसमा के गर्लान् भन्दै धेरैले नेपाल प्रहरीलाई मेन्सन गरिरहेका छन् ।
भट्टराई रास्वपाको समानुपातिक तर्फकी सांसद हुन्। सो भिडियो कुन ठाउँको हो भन्ने खुलाइएको छैन । उक्त भिडिओ भट्टराई सांसद हुनुअघि नै इन्स्टाग्राममा पोस्ट गरिएको बताइएको छ ।



प्रतिक्रिया