काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले इतिहासलाई वस्तुपरक ढंगले विश्लेषण गर्नुपर्नेमा जोड दिए ।
आर्थिक वर्ष २०६५/६६ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ६० प्रतिशत ठूलो आकारको बजेट ल्याएर राजश्वको दायरा र अर्थतन्त्रको आकार बढाएको उनले स्मरण गराए ।
हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौंका फराकिला सडक र ऊर्जा क्षेत्रमा १० हजार मेगावाटको लक्ष्यजस्ता गौरवका योजनाहरू विगतका सरकारकै दूरदृष्टि भएको उनको भनाइ छ ।



प्रतिक्रिया