सर्लाहीको रामवनका वडाध्यक्ष पक्राउ


सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनअघि सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न पुगेको अदालत तथा प्रहरी टोलीमाथि भएको अवरोध र आक्रमण घटनासँग सम्बन्धित उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।