काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट कार्यान्वयन हुने गरी कानूनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।
मंगलवार प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गतको विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले बजेट कार्यान्वयनका लागि कानुन नै बाधक रहेको टिप्पणी गरे ।
‘‘हामीले बजेट बनाउँछौ । तर त्यसको कार्यान्वयनका लागि यति धेर समय लाग्छ ठेक्कापटा, वनको कानुन, यताउताले गर्दा खेरी । मैले कानूनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिए–यो सरकारले बजेट कार्यान्वयनका लागि सहज बनाउनु पर्दछ । त्यसका लागि आवश्यक कानूनी चिरफार गर्नुपर्दछ । अन्यथा हामीले बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाई हिँड्नुपर्दछ,’ उनले भने ।



प्रतिक्रिया