बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गरेर हैरान बनाउने ३५ जना पक्राउ


काठमाडौँ । कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गरेर हैरान बनाउने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलील् बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।

काउन्टर आसपासमा सक्रिय भएर बल्खु हुँदै उपत्यका बाहिर यात्रा गर्न खोज्नेहरूलाई उनीहरुले हैरानी दिने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

पक्राउ परेकाहरूलाई मुद्दा चलाउनको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने प्रहरीले जनाएको छ ।