बजारमा घट्याे सुकाे मूल्य


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलामा १२ सय रुपैयाँ घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको चार हजार ९९० रुपैयाँ थियो ।