संसदमा रोचक दृष्य : सत्तापक्ष र विपक्षी सांसदबीच एकले अर्कोलाई संसद नियमावली पढाउँदै


काठमाडौं । संसद बैठकमा बेलाबेलमा सामान्य भन्दा फरक दृशयहरु देखिरहन्छौँ । संसदमा फरक दृश्य देख्न ठुलो घट्नाको जरुरी पनि पर्दैन । यसैबीच बुधबारको जारी प्रतिनिधि सभाको बैठकमा पनि केही फरक घट्ना भयो ।

आजको बैठकमा मन्त्रीहरुले बजेटमाथि उठेको प्रश्नको जवाफ दिने कार्यसूचि थियो । सोही अनुसार उद्योगमन्त्री गौरी कुमारीले दिएको जवाफमा चित्त नबुझेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उठेर स्पष्टीकरण पुनस् दोहोर्‍याए । उनलाई सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरणमाथिको स्पष्टीकरण नहुने भन्दै ध्यानाकर्षण गराए ।

उठेर विरोध जनाएपछि रास्वपाका प्रवक्ता समेत रहेका झाले नियमापत्ति जनाउँदै हर्क साम्पाङलाई बालहठ नराख्न आग्रह गरेका छन्।

‘प्रतिनिधि सभा नियमावलीको ५४ नम्बर र ५५ नम्बरमा प्रश्नोत्तर सम्बन्धी स्पष्ट नियम उल्लेख गरिएको छ। यसमा सभामुखको क्षेत्राधिकारको कुरा पनि उल्लेख गरिएको छ। त्यसैले पटकपटक वादविवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भन्न मिल्दैन। मन्त्रीले उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ,’ उनले भने ।

उनले बालहठ नगर्न आग्रह गर्दै थप भने, ‘नियम कानूनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त लेखिएकै छ। स्पष्ट लेखिएकै छ। त्यसैले गर्दा नियम पढ्नुस्, यसमा पेज नम्बर ३२ मा बुँदा नम्बर ५४ र ५५ मा लेखिएको छ।’

त्यसैबीच श्रम संस्कृतिको सांसद धुव्रराज राईले पनि नियमापत्ति जनाउँदै मनिषको जवाफ दिए । राष्ट्रिय हितविपरीत हुने अवस्थामा मन्त्रीले अस्वीकार गर्न सक्ने भन्ने आशय नियमावलीको रहेको उनले बताए । र उनले पनि नियमावली अध्ययन गर्न मनिषलाई आग्रह गरे ।

त्यसपछि सभामुखले हर्कलाई बस्न आग्रह गरे । हर्क बस्न माननेन् । सभामुखले अन्य कार्यक्रम अगगडि बदाए । अहिले श्रम संस्कृति पार्टीका सबै सांसदहरुले बेल घेराउ गरेका छन् । सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमल्सिना रोष्टमबाट जवाफ दिइरहेका छन् ।