सुनको मूल्य तोलामा १० हजार ५०० घट्याे


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार (असार ४) छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा थियो ।

चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।