वर्तमान सरकार गरिब, किसान मजदुरविरोधी छन् : प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गरिब, किसान मजदुरविरोधी रहेको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको सदस्यता नवीकरण एवं वितरण अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सरकारको नीति, कार्यक्रम, बजेट, निर्णय अन्य सबै गरिबविरुद्ध छ । सरकार नेपालका गरिब, किसान, मजदुरविरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको छ,” उनले भने ।

सरकार उत्पीडित समुदायको विरुद्धमा रहेको उनले आरोप लगााए । प्रचण्डले श्रमिक, गरिब मजदुर र जनताका मौलिक अधिकार, ट्रेड युनियनलगायत अधिकारविरोधी क्रियाकलापका विरुद्ध सबै मोर्चाबाट आवाज उठाउनुपर्ने समेत बताए ।