काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रको समस्या तत्काल समाधान गर्न राष्ट्र बैंकलाई विशेष अधिकार दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा गभर्नर पौडेलले वित्तीय प्रणालीको संवेदनशीलता र निक्षेपकर्ताहरूको सुरक्षाका लागि राष्ट्र बैंकलाई तत्काल र द्रुत निर्णय लिन सक्ने कानुनी आधार आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले लाइसेन्स दिएकाहरूमा राखेको पैसा नडुब्ने प्रत्याभूति दिनुपर्छ । नत्र फाइनान्सिय सिस्टम लामो जाँदैन । त्यही भएको हुनाले राष्ट्र बैंकलाई सर्टेन अधिकार दिनुपर्छ । अर्थमन्त्री र त्यसभन्दा माथि जानु नपर्ने आवश्यक रहेको छ ।’
मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय संकटको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया