उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते


उदयपुर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा.२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो।

बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ।