रवि लामिछानेकाे दाबी- ‘रास्वपालाई लडाउने शक्ति अबको युगमा आउन सक्दैन’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने दाबी गरेका छन् ।

चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै सभापति लामिछानेले विगतको भनाइ दोहोर्‍याउँदै रास्वपालाई लडाउने शक्ति अब नआउने बताए ।

‘मैले विगतमा पनि भनेको छु रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरुको तागत छैन । तर, रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन’, उनले भने ।