काठमाडौं, असार ७ । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ । आइतबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेकी हुन् ।
उनका अनुसार आगामी आवका लागि चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख विनियोजन गरेको छ । बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट ५५ करोड १० लाख, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ६ करोड ७९ लाख प्राप्त हुने जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको २ अर्ब ५६ करोड ४ लाख बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब ७७ करोड ४९ लाख ५१ हजार प्राप्त भएकामा १ अर्ब १९ करोड ९४ लाख खर्च भएको उपप्रमुख रानाले जानकारी दिए ।
उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ । उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ ।
विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेशन आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने र सीप सिकाएर युवालाई स्वरोजगार बाउन सीप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ ।



प्रतिक्रिया