महामन्त्रीमा उम्मेदवारी दिएका ५ जनाकाे समर्थन विपीन आचार्यलाई


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा उम्मेदवारी दिएका ५ जनाले विपीन आचार्यलाई समर्थन जनाएका छन् ।

गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपीनलाई समर्थन जनाउँदै भोट मागेका हुन् ।

महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले पार्टी हितका लागि आफूहरूले मनोनयन फिर्ता लिएको बताए । बाँकी उम्मेदवारहरूबीच स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाइ छ ।

अब महामन्त्रीमा विपीनसहित,मनीष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । उनीहरूलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।