काठमाडौँ । ऋत एकेडेमीको व्यवस्थापनमा सञ्चालित जेभियर कलेज अफ इन्टरडिसिप्लिनरी स्टडिजले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा नयाँ र बजारमुखी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ। कलेजले उच्च शिक्षाको बदलिँदो मागलाई सम्बोधन गर्दै BALLB (कानुन), BSc CSIT (सूचना प्रविधि) र BBA (व्यवस्थापन) विषयको अध्यापन सुरु गर्न लागेको हो।
गुणस्तरीय उच्च शिक्षा, आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली र व्यावहारिक सिकाइलाई मुख्य प्राथमिकता दिँदै यी कार्यक्रमहरू ल्याइएको कलेजले जनाएको छ।
कलेजका प्राचार्य आनन्द कुमार यादवका अनुसार विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई कार्यस्थलमा आवश्यक पर्ने व्यावहारिक सीप सिकाउन कलेजले विशेष तयारी गरेको छ। “हामीले विद्यार्थीको चौतर्फी विकासका लागि ‘सिक्दै कमाउँदै’ (Learn & Earn) को अवधारणा अघि सारेका छौँ, जसले उनीहरूलाई अध्ययनकै क्रममा व्यावसायिक संसारसँग जोड्नेछ,” प्राचार्य यादवले भने।
शिक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउन कलेजले पूर्वाधारमा ठुलो लगानी गरेको छ। कलेजमा अत्याधुनिक (Ultra-Tech) भवन, स्मार्ट कक्षाकोठा, र आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ।
विशेष गरी कानुन (BALLB) अध्ययन गर्ने विद्यार्थीका लागि कलेजले आफ्नै ‘मक कोर्ट रुम’ (Mock Court Room) समेत निर्माण गरेको छ, जहाँ विद्यार्थीले अदालतको वास्तविक अभ्यास गर्न पाउनेछन्। काठमाडौँका अनुभवी तथा दक्ष प्राध्यापकहरूको टोलीद्वारा प्रत्येक कक्षालाई सूचना प्रविधिसँग जोडेर अध्यापन गराइने कलेजले जनाएको छ।
नयाँ कार्यक्रमको सुरुवातसँगै कलेजले पहिलो शैक्षिक समूहका रूपमा भर्ना हुने ‘अम्बास्डर ब्याच’ (Ambassador Batch) का विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति तथा आकर्षक शुल्क छुटको समेत व्यवस्था गरेको छ।
प्लस टु (+२) को नतिजा पर्खेर बसेका तथा उत्तीर्ण भएका विद्यार्थीहरूलाई समयमै भर्ना प्रक्रिया पूरा गरी आफ्नो उज्ज्वल भविष्यका लागि जेभियर कलेज रोज्न प्राचार्य यादवले आग्रह गरेका छन्। व्यावहारिक सीप र रोजगारीमुखी शिक्षामार्फत देशकै लागि सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने कलेजको मुख्य लक्ष्य रहेको उनले बताए।
भर्ना तथा थप जानकारीका लागि इच्छुक विद्यार्थी र अभिभावकले कलेजको फोन नम्बर ०१-४९७२१११, ०१-४९५०५९९ वा मोबाइल नम्बर ९७६५८२१७८० मा सिधै सम्पर्क गर्न सक्ने कलेज प्रशासनले जनाएको छ।



प्रतिक्रिया