काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोल शनिबार अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन्।
उनले जनावरले टोकेपछि उपचारका लागि जाने अस्पतालमा नै खोप अभाव हुँदा थप जोखिम उत्पन्न भएको बताइन्।
खोप अभाव हुन सक्ने देखिएपछि अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले महानगरपालिकासँग सहयोग मागेका थिए । माग गरेको ७ दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको हो।



प्रतिक्रिया