काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकप्रियताको हिसाबले राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टीपछि दोस्रो स्थानमा रहेको दाबी गरेका छन् ।
काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चार वर्षअघि कमजोर अवस्थामा रहेको पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सफल भएको बताएका छन् ।
उनले २०७८ सालको महाधिवेशनपछि पार्टीको नेतृत्व सम्हाल्दा राप्रपाको प्रतिनिधि सभामा आफू एक्लो सांसद मात्र रहेको स्मरण गरे ।
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
‘अब नेपालमा अन्य राजनीतिक दलले पनि यी मुद्दालाई आफ्नो एजेन्डा बनाएर पार्टी दर्ता गर्न सक्ने कानुनी व्यवस्था हामीले बनाएका छौँ। लोकप्रियताको हिसाबले राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टीपछि दोस्रो स्थानमा छौँ,’ उनले भने ।



प्रतिक्रिया