पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा श्रेष्ठ नियुक्त


पोखरा । संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको निर्णयले पोखराका श्रेष्ठ बुधबार सदस्य सचिवमा नियुक्त भएका हुन्।

पशुपति क्षेत्र विकास कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने व्यवस्था छ।

पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिर संरक्षण एवं विकासका लागि उनी विगत २५ वर्षदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा रहेर सेवा गरिरहेका छन् । हाल उनी उक्त समितिको वरिष्ठ उपाध्यक्ष छन् ।

श्रेष्ठ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव र पोखराका पूर्वप्रधानपञ्च समेत हुन्।