काठमाडौं, असार १७ । संघीय संसद् अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको हलमा बस्न लागेको हो।
आजको बैठकमा विशेष गरी ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा दफावार छलफल गर्ने मुख्य कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा विधेयकका प्रावधानहरू, यसको व्यावहारिक कार्यान्वयन र प्रयोगशालाको सुदृढीकरणका विषयमा समिति सदस्यहरूबीच विस्तृत छलफल हुनेछ।



प्रतिक्रिया