काठमाडौं, असार १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा कवि तथा साहित्यकार तीर्थप्रसाद श्रेष्ठलाई मनोनीत गरेको छ ।
पर्यटनमन्त्री खड्कराज पौडेलले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका–१ निवासी श्रेष्ठलाई मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । मन्त्रालयले गत वैशाख ३१ गते सदस्यसचिवसहित कोषका पदाधिकारी तथा सदस्यका लागि खुला आवेदन आह्वान गरेकोमा थियो। कोषको सदस्यसचिवका लागि ४ सय ७६ जनाले आवेदन दिएका थिए।
आवेदनमध्येबाट सदस्यसचिव, कोषाध्यक्ष र सदस्य गरी सात जनालाई मनोनयन गरिएको मन्त्रालयले जनाएको छ। मनोनयन हुनेमा कोषाध्यक्ष मिना कुमारी श्रेष्ठ, सदस्यहरुमा गंगासागर बानिया, रुप शाही बास्तोला,, संगिता कुमारी राम, केदारमान भन्डारी र राम सोबित नायक रहेका छन् ।



प्रतिक्रिया