काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने भएको छ ।
शनिवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डा. प्रकाशशरण महतले मंसिरको २१, २२ र २३ गते पार्टीको महाधिवेशन गर्ने जानकारी दिए ।
”केन्द्रीय महाधिवेशन मङ्सिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
त्यसको तयारीका लागि असोजको १५ गतेबाट वडा अधिवेशन सुरु हुने उनले बताए ।




प्रतिक्रिया